HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनीकाे विद्यालयमा अध्यक्ष र प्र. प्र. अधिकृतकाे छड्के अनुगमन

वीरगंज । पर्साको बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले पालिकाका विभिन्न सामुदायिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयहरुले तालिका (मेन्यु) अनुसार दिवा खाजा नखुवाएकाे विभिन्न माध्यम बाट गुनासो सुनेर त्यसकाे भाेली पल्टै अध्यक्ष तिवारी र प्रमुख प्रशासकिय अधिकृतकाे संयुक्त टाेलीले विभिन्न विद्यालयहरुमा छडके अनुमगन गरेका हुन् ।

अनुगमन टोली बुधबार विहान नेपाल राष्ट्रिय मावि गर्दाैल, राधाकृष्ण चौरसिया मावि बहुअर्वाभाठा, स्काउट निमावि इटिहाई, नेरा प्रावि हसवा, नेरा प्रावि प्रसौनी भाठा, झौवागुठी लगायतका विद्यालयमा पुगेका थिए । अनुगमनकाे क्रममा विद्यालयको शैक्षिक अवस्थासँगै मुख्यमगरी दिवा खाजाको विषयमा अनुगमन टोलीले जानकारी लिएको थियाे ।

अनुगमनकाे क्रममा अधिकांश विद्यालयमा तालिकाअनुसार दिवा खाजा वितरण नभएको पाइएको अध्यक्ष तिवारीले बताए । ७ दिनको समय दिँदै सो अवधिभित्र तालिका अनुसार दिवा खाजा वितरण गर्न विद्यालयलाई अध्यक्ष तिवारीले निर्देशन दिए । साथै ७ दिनभित्र पनि सुधार नभएमा अभिभावक वा विद्यार्थीहरुले प्रत्यक्ष पालिका अध्यक्षलाई जानकारी गराउन पनि उनले आग्रह गरेका थिए ।

सोही अवसरमा हरेक विद्यालयमा दिवा खाजाको तालिका पनि वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । तालिका अनुसार आइतवार हलुवा, खिर, सोमवार कुखुराको मासु र भुजा, मंगलवार सेवई, बुधवार अण्डा, बिहिवार चना र मीठा र शुक्रवार समय अनुसारको फलफुल वितरण गरिनेछ ।

पालिकाको पहिलो प्राथमिकता शिक्षा भएको बताउँदै उनले शिक्षामा भएका बेथितीको अन्तय गर्ने र शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अनुगमनका क्रममा विद्यार्थीहरुसँग पनि छलफल गर्दै अध्यक्ष तिवारीले सामुदायिक विद्यालयप्रतिको आकर्षणलाई बढाउन र शैक्षिक गुणस्तर बृद्धि गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

Related posts

‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयमा बारामा बृहत अन्तरक्रिया

hamronepaldainik

माधव नेपालको प्रस्ताव- सबै चुनाव एकैपटक गरौं

hamronepaldainik

जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए

hamronepaldainik
HamroNepalDainik