HamroNepalDainik.com
प्रदेश

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

३० भदौ, विराटनगर । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

Related posts

छठमा हिन्दुमाथि आक्रमण गर्ने विरुद्ध वीरगन्जमा जुलुस प्रर्दशन : मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माँग

hamronepaldainik

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

hamronepaldainik

कर्मचारी सरुवाले सुदूरपश्चिममा विपद : व्यवस्थापनमा बजेट निकासा भएन

hamronepaldainik
HamroNepalDainik