HamroNepalDainik.com
राष्ट्रियसमाचार

अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिए

अर्थमन्त्रीले अधिकांश उद्योगलाई मार्न खोजेको आरोप

काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आउने स्टिल बिलेटमा अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिएका छन् ।

नेपाल रोलिङ मिल एसोसिएसनले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनिहरुले ६ वटा उद्योगको फाइदाका लागि बहुमत उद्योगलाई मार पारेको आरोप लगाएका हुन् ।

सम्मेलनमा रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष किरण शाखःले सरकारले आयात हुने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १ हजार ६ सय ५० रुपैयाँबाट बढाएर २ हजर ५ सय रुपैयाँ बनाउँदा नेपालमै बिलेट बनाउने उद्योगहरुले ल्याउने स्पञ्ज आइरनमा अन्तःशुल्क भन्सार हटाएका कारण ६ वटा कम्पनी बाहेक अरु सबै २४ वटा घाटामा जाने भएकाले बन्द गर्नुको विकल्प नभएको चेतावनीे दिए ।

उत्पादन लागतमा प्रतिकिलो ७ रुपैयाँ फरक परेकाले बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले १ खर्ब लगानी र १० हजार रोजगारी तत्काल गुम्ने उनको भनाई थियो ।

उद्योगी प्रदीपकुमार श्रेष्ठले सरकारको यो नियमसँगै फरक पहिचानको उत्पादन दिन खोज्नेहरुलाई सरकारले निरुत्साहन गरेको आरोप लगाए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नीतिगत अस्थिरता प्रदर्शन गरेर सरकारले लगानीको वातावरण बिथोल्ने काम गरेको बताए ।

Related posts

प्राइम कमर्सियल बैंकद्वारा केडिया आँखा अस्पताललाई २ थान स्टिल ट्यांकी सहयोग

hamronepaldainik

पर्सा बाट कक्षा १२ को परीक्षा दिने नकलि परिक्षार्थी पक्राउ

hamronepaldainik

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

hamronepaldainik
HamroNepalDainik