HamroNepalDainik.com
राष्ट्रियसमाचार

अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिए

अर्थमन्त्रीले अधिकांश उद्योगलाई मार्न खोजेको आरोप

काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आउने स्टिल बिलेटमा अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिएका छन् ।

नेपाल रोलिङ मिल एसोसिएसनले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनिहरुले ६ वटा उद्योगको फाइदाका लागि बहुमत उद्योगलाई मार पारेको आरोप लगाएका हुन् ।

सम्मेलनमा रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष किरण शाखःले सरकारले आयात हुने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १ हजार ६ सय ५० रुपैयाँबाट बढाएर २ हजर ५ सय रुपैयाँ बनाउँदा नेपालमै बिलेट बनाउने उद्योगहरुले ल्याउने स्पञ्ज आइरनमा अन्तःशुल्क भन्सार हटाएका कारण ६ वटा कम्पनी बाहेक अरु सबै २४ वटा घाटामा जाने भएकाले बन्द गर्नुको विकल्प नभएको चेतावनीे दिए ।

उत्पादन लागतमा प्रतिकिलो ७ रुपैयाँ फरक परेकाले बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले १ खर्ब लगानी र १० हजार रोजगारी तत्काल गुम्ने उनको भनाई थियो ।

उद्योगी प्रदीपकुमार श्रेष्ठले सरकारको यो नियमसँगै फरक पहिचानको उत्पादन दिन खोज्नेहरुलाई सरकारले निरुत्साहन गरेको आरोप लगाए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नीतिगत अस्थिरता प्रदर्शन गरेर सरकारले लगानीको वातावरण बिथोल्ने काम गरेको बताए ।

Related posts

वीरगंज नाका स्थित नेपालि भूमिमा भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुको भनाई

hamronepaldainik

बिरगंज नापी कार्यालय बाट घुससहित दुई जना पक्राउ

hamronepaldainik

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik
HamroNepalDainik