HamroNepalDainik.com
शिक्षासमाचार

वीरगञ्ज पब्लिक कलेज सिङ्गीङ् आईडल सम्पन्न

बिरगंज, १५ पुष ।

वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको सिङ्गीङ् आईडल, क्रीकेट ,फुटबल , कबडी , चित्रकला र टेलिभिजन समाचार बाचन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

सप्ताहव्यापी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम बिहीबार अन्तिम दिन प्रतियाेगिता सम्पन्न भएकाे हाे । कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न र व्यक्तित्व विकासका लागि सप्ताहव्यापी विभिन्न १० भन्दा बढी प्रतियोगिताहरुको आयोजना गरेको थियो ।

प्रतियाेगितामा क्लेजमा अध्ययनरत छात्र/छात्राहरुले भाग लिएका थिए । प्रतियोगिताका विजेताहरुलाई बिहीबार आयोजना गरेको समापन समारोहमा शिल्ड, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा. दिपक शाक्यले जानकारी दिनुभयो । कलेजले पहिलो पटक टेलिभिजन समाचार बाचन प्रतियोगिता आयोजना गरेको कलेजका क्याम्पस प्रमुख बासु लाल कर्णले बताउनु भयो ।

कलेजले पहिलो पटक टेलिभिजन समाचार बाचन प्रतियोगिता आयोजना गरेको कलेजका क्याम्पस को-अर्डिनेटर वासुदेवलाल कर्णले बताए । कर्णका अनुसार विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा अब्बल बनाउने कलेजको लक्ष्यअनुरुप प्रतियोगिताको आयोजना गरिएको हो । भविष्यमा यसै कलेजबाट अध्ययन गरेका विद्यार्थीहरु, खेलाडी, कलाकार, पत्रकार बन्ने हुँदा अहिलेदेखि नै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइएको कलेजका को-अर्डिनेटर वासुदेवलाल कर्णले बताए । विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा अब्बल बनाउने कलेजको लक्ष्यअनुरुप प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।

भविष्यमा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुबाट नै खेलाडी, कलाकार, पत्रकार बन्ने हुँदा अहिलेदेखि नै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइएको कलेजका को-अर्डिनेटर वासुदेवलाल कर्णले बताउनुभयो । कलेजले बुद्धिचाल (चेस), कबड्डी, क्यारेमबोर्ड, फुटबल, क्रिकेट, टेलिभिजन समाचार वाचन, गायन लगायतका प्रतियोगिताहरु आयोजना गरेको कलेजका अरविन्द श्रेष्ठले बताउनुभयो। यस्तै गायन प्रतियोगिताको मेन्टरमा मन्दिप खड्का र चन्दन प्रजापती थिए भने निर्णायकमा ध्रुबसिँह ठकुरी र रमेश परियार रहनुभएको थियो । वीपिसीकाे नयाँ भवनमा भएकाे कार्यक्रममा भारतिय राजदुतावास वीरगंजका शैलेन्द्र कुमार, वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, भवानी हस्पिटलका निर्देशक राम श्रेष्ठ, वीरगंज ८ का वडाध्यक्ष राजकिशाेर गुप्ता, कलेजका शैक्षिक निर्देशक याेगल किशाेर प्रसाद, प्रिन्सपल हरिरतन तुल्लाधर, सहायक प्रिन्सपल विनय ठाकुर, संयाेजक बासु कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे ।

Related posts

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

hamronepaldainik
HamroNepalDainik