HamroNepalDainik.com
समाचार

नारायणी अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

वीरगंज । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा एक्सनएड नेपाल र दिव्य युवा क्लव पर्साको सहजीकरणमा नारायणी अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ ।

कोभिड–१९ संक्रमितहरुको उपचार तथा संक्रमण रोकथामको लागि वीरगंजस्थित रहेको नारायणी अस्पताललाई ४ थान र पकाहाँ मैनपुर स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

सो अक्सिजन कन्सनट्रेटर सोमबार एक कार्यक्रमको बिच संस्थाले नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अक्सिजन कन्सनट्रेटर नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन बिरेन्द्र राज प्रधानलाई हस्तान्तरण गरे ।

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले भारतसंग खुल्ला सिमाना जोडिएको पर्सा जिल्ला भएकोले कोभिड संक्रमणको उच्च जोजिममा रहेको वताउँदै वीरगंज महानगरपालिकाले कोभिड संक्रमणको रोकथाम गर्न पुर्ण रुपमा तयार रहेको वताए ।

पर्सा जिल्ला कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेकोले कोभिडको महामारीको समयमा अक्सिजन कन्सनट्रेटर धेरै नै सहयोग गर्ने नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन प्रधानले बताए ।

मेडिकल सुपरीटेण्डेन प्रधानलको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी अस्पतालका कोभिड संयोजक उदयनारायण सिंह, स्ट्याण्डर्ड चार्टर्ड बैंक वीरगंज शाखाका प्रबन्धक जयप्रकाश प्रसाद, दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, पकाहाँ मैनपुर स्वास्थ्य चौकीका प्रमुख राजिव कुमार कर्ण लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पर्साका स्थानिय तहहरुले भु-उपयाेग क्षेत्र वर्गिकरण नगर्दा कित्ता काटमा समस्या

hamronepaldainik

१० लाख घुस लिएको सूचना दिदा पनि कुनै कारवाही हुँदैन, तर दुई पैसा कमाउने सर्वसाधारण थुनामा पुग्छन्

hamronepaldainik

नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि निर्वाचित

hamronepaldainik
HamroNepalDainik