HamroNepalDainik.com
समाचारस्थानिय

सखुवा प्रसौनी गाउँपालीका द्वारा वडा न: ५ र ६ मा गर्भवती महिलालाई पोषिलो आहार बितरण

बीरगन्ज,पर्सा फागुन ११  । बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरर्गत पर्साको सखुवा प्रसौनी गाउँपालीकाले मंगलबार एक कार्यक्रमको बिच सखुवा प्रसौनी गाउँका वडा नम्बर ५ महुवनमा रहेको स्वस्थय चौकी को प्राँगणमा ९० जना गर्भवती महिला र वडा नमबर ६ एकडारवा मा ११० जना गरी जम्मा २०० जना गर्भवती महिलाहरुलाई पोसिलो खानाको लागी पानीबाट मात्रै त्यार गरी पिठो र खिर बनाएर खाने तयारी सामग्री २–२ पाकेटको झोला बितरण गरिएको छ ।
सो कार्यक्रमा वडा नम्बर ५ को वडा अध्यक्ष रुपलाल यादवको अध्यक्ष्तामा सम्पन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि गाउँपालीका प्रमुख प्रदिप जैसवाल , गा० पा० सवास्थ्य साखा इन्र्चाज देवनाथ साह कानु , सुचना प्रविधिक भोजेन्द्र चौधरी , बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको सिता क्षेष्ठ ,लगायतका ब्यक्तिहरुको सहभागीता रहेका थिए ।

भने कार्यक्रमा बोल्दै मेयर जैसवालले पालिकाको विकास रोड र नालामा सिमित नभई शिक्षा, स्वास्थ्य ,रोजगार,सँचार,लगायत बच्चा को शारिरिक र मानसिक बिकास आमाको गर्भबाट नै शुरुहुने भएको कारणले पोसिलो आहार जरुरी छ ।

पालीका भित्रका महिलाहरुले बच्चा जन्माउदा , स्वास्थय चौकी बाट ५ किलो दाल ,५ किलो तेल र यातायात खर्च गाउँपालीका बाट दिन गरेको बताएका थिए ।

Related posts

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

hamronepaldainik

साना किसान कृषि सहकारी संस्था लि.उदयपुरघुर्मीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

hamronepaldainik
HamroNepalDainik