HamroNepalDainik.com
समाचार

एपि खबरकाे बार्षिकाेत्समा ५१ जनाद्वारा रक्तदान

जीतपुर । बाराकाे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ को जीतपुरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वाती मिडिया प्रालिद्वारा संचालित एपी खबरको वार्षिकाेत्सवकाे अवसरमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुरकी मञ्जु पहाडी, मुकेश महतो, बिहार रेडियो स्रोता संघका फुलसरिफ अंसारी, ईलाका ट्राफिक प्रहरी कार्यालय जीतपुरका प्रहरी जवानहरु लगयतकाले रक्तदान गरेका थिए ।

स्वाती मिडिया प्रालीका अध्यक्ष अनिल तिवारीको अध्यक्षता र जीतपुर सिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती देवी चौधरीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि मनोज गुप्ता, शिवजी साह सोनार, युवा संघ नेपालका मनोज साह, अफताब आलम, सोहन शर्मा, सावित्री पिपले, मनिर अंसारी, नेपाल बिहार रेडियो स्रोत संघका जीतेन्द्र साह लगायको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

Related posts

पर्सा–४ मा नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

hamronepaldainik

पकाहामैनपुरमा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते

hamronepaldainik

चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

hamronepaldainik
HamroNepalDainik