HamroNepalDainik.com
समाचार

आँखको समस्या र उपायको बारेमा विशेष चर्चा गर्दै डा. बि. डि. चौरसिया संग

बुढो बाचा र युवा हरुमा आज भोलि आखा को समस्या अधिकांश के कारण ले बढ्दै गएको यश बाट बच्ने उपाय के हो त ?
लगायत विषयमा नारायणी अस्पताल आँखा विभाग प्रमुख डा. बि. डि. चौरसिया संग गरेको कुरा कानी

१)तपाईको परिचय के हो ?

मेरो नाम डा. बि.डि चौरसिया हो इ मेरो घर वीरगंज महानगरपालिका वार्ड नं. १६ नगवामा हो म स्वास्थ्य मन्त्रालय स्कलरशिप बाट धरान बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट आखा रोग सम्बन्धि एम डि गरेको छु

२)नारायणी अस्पतालमा कहिले देखि काम गर्दै आउनु भएको छ र कुन पद मा काम गर्दै हुनुहुन्छ ?

म करिब दुई साल देखि करार मा आखा रोग विशेषज्ञको रुपमा कम गर्दै आएको छु अस्पताल को आखा बिभाग प्रमुखको रुपमा काम गर्दै आएको। साथै नारायणी आई केयर (आँखा उपचार केन्द्र) बिर्ता वीरगंज वडा प्रहरी कार्यालय को पछाडी काम गर्दै आएको छु।

३)अस्पतालमा एक दिनमा कतिवटा बिरामीहरु आउछ। खाश गरी के समस्या लिएर आउछ ? 

अहिले को शामय मा एक दिनमा २० देखि २५ जना बिरामी आउने गर्छ | वहाहरु खास गरी मोतिया बिन्दु , आखा बाट पानि आउने जस्ता समस्या लिएर आउने गर्छ।

४)आखा नियमित रुपमा चेकजाच गराउन जरुरि छ ?

जरुरि छ किनकी शहर बजार ,गाऊघर मा रहेको मोटर गाडी, कल कारखाना,खाना पकाउने बेला निस्केको धुवा धुलो आखा मा पस्छ र बिस्तारै बिस्तारै आखामा समस्या आउछ त्यहि व्यक्ति समयमा चेक न गराउदा पछि गएर (मोतियाबिन्दु) लगायत अन्य खतरनाक रोग भएकोले श्मय मा आखा चेक जाच गराउन उचित हुन्छ।

५) लकडाउन, निशेधाज्ञा मi  अनलाईन क्लास शुचारु भएको छ यस बाट  बच्चा हरुको आँखi  सुरक्षित राख्न के के कुरामा ध्यान दिनु पर्छ  ?

अनलाईन क्लास, गेम मोबाईट, ल्यापटप , कम्प्यूटर बढी समय समय सम्म प्रयोग गर्नुको करण टाउको दुख्छ आखा कम्जोर हुन्छ
यस बाट बच्न ३०÷६०÷९० के नियम पालना गर्नु पर्छ जस्तै :

(क) ३० मिनेट पछि ब्रेक ः मोबाईल, कम्प्यूटर चलाईसके पछि हरेक ३० मिनेट को ब्रेक दिनु पर्छ ।

(ख) ६० मिनेट को खेल ः मोबाईल, कम्प्यूटर चलाउदा ६० सि एम को दुरीमा राखेर चलाउनु पर्छ ।

(ग) ९० मिनेट को खेल ः अभिभावक हरु आ आफ्नो बच्चा हरुलाई हरेक दिन कम्तिमा ९० मिनेट घर बाहीर उज्यालो ठाउमा खेल्न को लागि प्रोत्साहन गर्नु पर्छ ।

 

डा. बि.डि. चौरसिया
आँखा रोग विशेषज्ञ
नारायणी अस्पताल (विभाग प्रमुख)
डा. चौरसिया नारायणी आई केयर (आँखा उपचार केन्द्र) बिर्ता वीरगंज वडा प्रहरी कार्यालय को पछाडी \\\\

 

Related posts

पकहामैनपुर गाउँपालिकामा सरकारी गाडीको चरम दुरूपयोग ।

hamronepaldainik

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

धोबिनी गाउँपालिकाकाे ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्ट

hamronepaldainik
HamroNepalDainik