HamroNepalDainik.com
समाचार

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

१८ साउन, बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।

वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान कार्य शुरु गरिएको छ । साथै उनीहरुका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका-१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका-७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको वाग्मती-७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

hamronepaldainik

बिन्दावासिनी गाउँपालिका : पर्सामा बिराट दंगल प्रतियोगिता सम्पन्न

hamronepaldainik

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

hamronepaldainik
HamroNepalDainik