HamroNepalDainik.com
विचार

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

वीरगंज । वीरगञ्जको लिंक रोडस्थित रहेकाे भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड भएको छ ।

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुले हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण समेत गरेका थिए ।

गाउँलेहरुसहितका आफन्तको आक्रमणबाट अस्पतालका एक चिकित्सक र एक नर्सलाई चोट लागेको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । आक्रोसित गाउँले र आफन्तजनले अस्पतालको इमर्जेन्सी कक्षमा समेत पसेर साइनबोर्ड पनि फ्याँकेर हो हल्ला गर्दै प्रदर्शन गरेका थिए ।

घटनाबारे थाहा पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप समेत भएकाे थियाे । पछि प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

ताेडफाेडमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।

‘अस्पताल ल्याएलगत्तै चिकित्सकले चेकजाँच पछि रमितालाई मृत घोषित गरेका थिए । परिवारका सदस्यहरुले शंका लागेर पुनः ल्याउनुभएछ । ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन’ उनले भने, ‘नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’

Related posts

मधेस प्रदेशको राजधानी: दृष्य-अदृष्य खेल

hamronepaldainik

शीर्षक -दिृढ संकलप का सतिसाल हुन शनि गुप्ता

hamronepaldainik

वर्तमान राजनिती परिवेशमा युवा तथा विद्यार्थीको भुमिका: जिल्ला अध्यक्ष झा

hamronepaldainik
HamroNepalDainik