HamroNepalDainik.com
अन्यविचार

वर्तमान राजनिती परिवेशमा युवा तथा विद्यार्थीको भुमिका: जिल्ला अध्यक्ष झा

वीरगंज २४ भदौं ।

वर्तमान राजनिती परिवेशमा युवा तथा विद्यार्थीको भुमिका रहेको “लोकतान्त्रिक विद्यार्थी संघ ” मधेस प्रदेशको पर्सा जिल्लाको जिल्ला अध्यक्ष बिबेक कुमार झाले बताएका छन । यसमा सब भन्दा महत्वपूर्ण कुरा के हो भने हाम्रो नेपाल देश युवा तथा बिधार्थीले भरिएको एउटा एतिहासिक देश हो जसमा करिब ४०% युवा तथा विद्यार्थीहरुको जनसङ्ख्या रहेको छ। तसर्थ नेपालको देशको जम्मा जनसङ्ख्याकाे ४०% युवा जनशक्तिकाे समावेशीकरण रहेको छ। र यसको गुण, सीप तथा शक्तिको परिचालन, सदुपयोग विना न देशमा कुनै पार्टीको स्थापना हुन सकेको छ न कुनै संघ संस्था निर्माण हुन सकेको छ न एउटा असल समाजको निर्माण हुन सकेको छ भने राष्ट्र निर्माण त धेरै ठूलो कुरा भो। जसको कारणले अहिलेको वर्तमान अवस्थामा कुनै पनि राजनिती दलले युवा विद्यार्थीको शक्तिलाई, सीपलाई सहि उपयोग न गरेर मात्र दुरुपयोग गरेको बढी देखिएको छ। जसकारण हाम्रो समाज तथा देशमा अस्थिरता फैलिएको देखिन्छ। अहिलेको अवस्थामा हाम्रो देशलाई समृद्ध, ससक्त तथा स्थिर अवस्थामा लग्न हाम्रो देशका प्रत्येक युवा तथा विद्यार्थीमा भएका जोस जाँगर तथा सीपलाई समाजसँग जोडी क्षमतामुलक देश र समाज निर्माण गर्नु पर्ने आवश्यकता रहेको चाहिँ मैले बुझेको छु। तर दुर्भाग्यकाे कुरा के रहेको छ भने अहिले सम्म प्रत्येक राजनीतिक दल ले युवा विद्यार्थीहरुलाई लेखको रूपमा, बाउन्सरकाे रूपमा, आन्दोलनकारी काे रूपमा युज गरेको मात्रै देखिएको छ। जसकारण देशमा परिवर्तन को गति कम देखिएको पाइन्छ। अहिलेको बदलिँदो परिस्थितिमा तथा परिवेशमा युवाहरुलाई विभिन्न किसिमका प्रशिक्षण तालिम द्वारा उर्जा बढाई उनीहरूकै इच्छा आकांक्षा अनुसार समाज तथा देश निर्माणमा युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गरी रोजगारीको अवसर सृजना गरी आत्म निर्भर बनाई एउटा असल समाज तथा देश निर्माणमा सहयोग पुर्याउन सकिने पर्सा जिल्लाको जिल्ला अध्यक्ष बिबेक कुमार झा धारणा रहेको छ।

Related posts

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

hamronepaldainik

नारीको जीवन नपार सिमित (कविता)

hamronepaldainik

मधेस प्रदेशको राजधानी: दृष्य-अदृष्य खेल

hamronepaldainik
HamroNepalDainik