HamroNepalDainik.com
समाचारस्थानिय

सरसफाइमा थप कडा बन्दै वीरगंज महानगर, सचेतना अभियानसँगै पर्चा पम्प्लेट टाँस्नमा रोक

१८ भदौ, वीरगंज।
सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगंज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।
जरिबानामार्फत सहर सफाईलाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो ।
सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोलटोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।

नगरलाई सफा स्वच्छ राख्ने नगर प्रमुख सोच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोलटोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।

‘जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नुहुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ ।’

यसका साथै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्नमा रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ्ग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।

पछिल्लो समयदेखि  विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् ।
तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति नलिई जथाभावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टाँसेको पाए उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताएका थिए  ।

Related posts

जनता आवासमा भेदभाव वडा अध्यक्षको हैकमवादी चरित्र ,उपाध्यक्षका श्रीमान र वडाअध्यक्ष विच हातपात

hamronepaldainik

बिरगंज क्षेत्रमा एकैदिनमा २२ जना कोरोना संक्रमणको सिकार

hamronepaldainik

आँखको समस्या र उपायको बारेमा विशेष चर्चा गर्दै डा. बि. डि. चौरसिया संग

hamronepaldainik
HamroNepalDainik