HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी–४ मा रहेको राणी पोल्ट्री फर्ममा आगलागी, लाखौको क्षति

वीरगंज ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ मा रहेको पोल्ट्री फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको जनाईएको छ ।
बिन्दवासिनी–४ अमरपट्टीमा रहेको राणी पोल्टी फर्ममा आईतवार बिहान करिब ८ः३० बजे भएको आगलागीबाट एक हजार कुखुराको चल्ला, १० बोरा दाना, पम्पसेट एक थान, मोटर १ थान, विजुलीको मिटर १ थान, स्टेन फैन, २ बोरा आलु, ओछयान सहितको सामग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएको पिडित मोतिलाल चौरसियाले बताए । आगलागीबाट करिब ४ लाखको क्षति भएको जनाईएको छ ।
स्थानियवासीको संयुक्त पहलमा करिब २ घण्टा लगाएर आगो निभाए पनि पोल्ट्री फर्म पूर्ण रुपमा जलेर नष्ट भएको पिडित चौरसियाले बताए ।

Related posts

बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा सुशासन पार्टीबाट चौरसियाको उम्मेदवारी दर्ता

hamronepaldainik

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

hamronepaldainik

पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको घरदैलो अभियानलाई जनताले गरे भव्य स्वागत

hamronepaldainik
HamroNepalDainik