HamroNepalDainik.com
शिक्षासमाचार

रामजानकी प्रा.वि भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा : हरिकिसोर पासवान

२० मंसिर, वीरगंज । पर्साको कलिकमाई गाउँपालिका वडा नं. २ मा रहेकाे श्री रामजानकी प्राथमिक विद्यालय भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति बुधबार गठन भएकाे छ ।

हरिकिसोर पासवानकाे अध्यक्षतामा सर्वसहमत विद्यालय व्यवस्थापन समिति गठन भएकाे वडाध्यक्ष साेनालाल प्रसाद चाैरसियाले वताए ।

नवगठित विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा सत्रुधन प्रसाद चौरसिया, रम्भा देवी, फुलमती देवी र लालमती देवी रहेका छन् ।

वडाध्यक्ष चौरसियाको अध्यक्षतामा सम्पन्न सदस्यहरूको बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पासवानलाई सर्वसहमत चयन गरेकाे हाे ।

साे बैठकमा विद्यालयका प्रधानाध्यापक रामबचन प्रसाद चौरसिया, समाजसेवी सञ्जय साह कानु लगायतको उपस्थिती रहेको थियो ।

Related posts

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

hamronepaldainik

पर्सामा एकैदिनमा सकियो रविको बयान, सोधियो ५४ प्रश्न

hamronepaldainik

जगरनाथपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न

hamronepaldainik
HamroNepalDainik