HamroNepalDainik.com
समाज

लिटिल बडी इन्टरनेशनल प्रीस्कुल दुारा खुल्ला रक्तदान कार्यक्रम : ६ महिला सहित ४० जनाले रक्तदान

असार ३० बिरगंज ।

बीरगंज महानगरपालिका वडा नम्बर ८ मा रहेको लिटिल बडी इन्टरनेशनल प्री स्कुलले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकोमा ६ महिला सहित ४० जनाले रक्तदान गरेका छन । लिटिल बडी इन्टरनेशनल प्री स्कुलका प्रिन्सिपल बिजय कुमार बलको अध्यक्षता तथा बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाईको प्रमुख आतिथ्यमा सो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खुल्ला रक्तदान कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,प्याब्सन जिल्ला सचिव राहुल श्रीवास्तव,नगर कोषाध्यक्ष सुरजबावु पटेल ,पर्सा रेफ्रि संघका अध्यक्ष अर्जुन गुप्ता ,प्रकाश डान्स एण्ड फिन्डनेस स्टुडियोका प्रोपाइटर प्रकाश कर्ण,एमएस धोनी फ्यान क्लबका अध्यक्ष बिक्की सरार्फ,रोट्रयका अनिल जैसवाल ,रोट्रयाक अध्यक्ष रेसु वर्णवाल ,लोकल नेपाल प्रालिका फाउन्डर युवराज केशरी लगायतको उपस्थित रहेको थियो ।रक्त दान गर्नेहरु प्रज्ञा श्रेष्ठ ,सुप्रिया पौडेल ,दिपिका चौधरी ,मनिषा खण्डका ,खुशी श्रेष्ठ ,सुलोचना श्रेष्ठ ,आयुष केडिया,अमित गुप्ता ,दिपेन्द्र पण्डित ,सागर श्रेष्ठ ,सागर पोख्रेल ,प्रयम लामा ,राहुल पाण्डे ,रवि शर्मा ,गौतम सरार्फ,संन्दीप बहादुर लामा ,प्रशान्त भन्डारी लगायत ४० जनाले रक्तदान गरेको प्याब्सन पर्साका जिल्ला सचिव राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ।

Related posts

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

hamronepaldainik

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

hamronepaldainik

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

hamronepaldainik
HamroNepalDainik