HamroNepalDainik.com
समाचारस्थानिय

आरकेएल दास एण्ड कम्पनीद्धारा शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान

वीरगंज ५ कात्तिक । आरकेएल दास एण्ड कम्पनीले आईतवार वीरगंजमा शुभ दीपावली एवं छठ पर्व २०७९ को शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आरकेएल दास एण्ड कम्पनीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आन्ततरिक राजस्व विभागका निर्देशक तथा राजस्व न्यायिकरणका राजस्व सदस्य गोबिन्द प्रसाद अधिकारीले समयमै सबैले राजस्वत तिरी, जरिवानाबाट बच्न सुझाएका थिए । सो अवसरमा सहभागी करदाताहरुले कर कार्यालय एवं करका विषयमा राखेका विभिन्न खाले जिज्ञासाहरुको जवाफ दिदै प्रमुख अतिधि अधिकारीले ऐन नियमहरु छिटो छिटो परिवर्तन भएको प्रश्नमा उनले समय सान्दर्भिक प्रविधिहरुलाई अपडेट गरिएको बताए ।

नयाँ प्रविधिहरुमा केही समस्या नआएको होईन, त्यसलाई आफुहरुको गम्भिर भएर समाधान गर्ने तर्फ लागेको बताए । सो अवसरमा प्रमुख अतिथि अधिकारीले आरकेएल दास एण्ड कम्पनीले आफुलाई निमन्त्रणा गरेकोमा आभार व्यक्त गर्दै हिन्दूहरुको महान पर्व आउदो दीपावली तथा छठ लाई भव्य एवं सभ्य रुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए ।

आरकेएल दास एण्ड कम्पनीका प्रोपराईटर राजेन्द्र कुमार लाल दासको सभापतित्वमा भएको कार्यक्रममा करदाताहरु प्राध्यापक डा. दिपक शाक्य, मनोज दास, सुशिल चौधरी, बिनित लोहिया, अनिल हार्डवेयर प्रा.लि.का संस्थापक अनिल सर्राफ, आयुस कुमार, राजेश सिंह, मिथिलेस ठाकुर, बिनय शर्मा लगायतकाले आ–आफ्ना जिज्ञासाका साथै शुभ दीपावली एवं छठ पर्वको शभुकामना मनतव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सुजिता चौधरीले गरेकी थिईन् ।

Related posts

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

hamronepaldainik

बहुदरमाईमा जलाउँदै गरेको एक किशोरीको शव बरामद

hamronepaldainik

ठगी धन्दा चलाएका मेरी सर्भिसले बिरामीहरुको ज्यान सँग खेलवाड गर्दै

hamronepaldainik
HamroNepalDainik