HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कंग्रेसबाट नयाँ फेस आउदैँ

वीरगंज, १९ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार र पार्टी विच खिचातानी तथा नेतालाई रिझाउने र पार्टीका आधिकारी उम्मेदवार आफु वन्ने होड नै चलेको छ ।
यसैँ सन्दर्भमा वीरगंज महानगरपालिकामा एमाले प्रवेश गरेका मेयर विजय सरावगी आफु टिकट पाउनेमा ढुक्क रहे पनि एमालेका पुराना कार्यकर्ताहरु भन्ने विरोध गरिरहेका अन्यौलताका विच मेयर सरावगी गत फागुन २८ गते शनिवारका दिन एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै नेपाली कांगे्रसवाट उम्मेदवर रहेका अजय द्धिवेद्दि, राकेश सिंह, राजेन्द्र वहादुर अमात्या, श्याम पोख्रेल मध्येवाट अजय द्धिवेद्दि र राकेश सिंहले टिकट पाउने प्रवल सम्भावना रहेको चर्चा सुनिन्छ । त्यस्तै हाल मधेश प्रदेश सरकारमा रहेको खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्मा पनी आगामी निर्वाचमा महानगरमा मेयर पदको दावेदारी गरेका छन् । उनको दावेदारी पनी चर्चा पाएको छ ।
त्यस्तै समाजवादी पार्टीवाट राजेश मान सिंह र लोसपाबाट पुरुषोतम झाको टिकाट लगभग पक्का पक्की रहेको चर्चा छ । त्यस्तै माओबादी बाट रहबर अन्सारी र एकिकृत समाजबादीबाट मनोज चौधरीको नाम पनी चर्चामा रहेको छ ।

Related posts

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik

बैंक ह्याकरहरुको सञ्जाल वीरगंजमा पनि सक्रिय : सेन्चुरी बैंकको खाता ३३ हजार रकम गायब

hamronepaldainik

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik
HamroNepalDainik