HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

१४ भदौ,  बिरगंज

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिवार वीरगञ्ज  भिष्वा होटलमा  मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल–भारत सीमापार मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले दुवै देशका पत्रकारहरूसँग उक्त आग्रह गरेका हुन् ।

त्खायसै गरि खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सौहार्दपूर्ण बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मिडिया फर बोर्डर हार्मोनी नेपालद्वारा वीरगंजमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभको समापन कार्यक्रममा मन्त्री यादवले दुवै मुलुकबिच आपसी सम्बन्ध सुमधुर बनाउन कन्क्लेभले पारित गरेको घोषणापत्रले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मन्त्री यादवले कतिपय भारतीय मिडियाले अफवाह फैलाउने खालका समाचार सम्प्रेषण गर्दा समस्या उत्पन्न हुने भन्दै सचेत रहन आग्रह गरे। उनले भने, “नेपालका नदीनालाको पानी भारतबग्ने तर्फ गलत ढंगले बुझिनु हुँदैन। सीमा क्षेत्रमा बन्द वा तारजाली लगाएर समस्या समाधान हुँदैन। नेपाल–भारत सम्बन्ध विशेष र दीर्घकालीन छ।”

कन्क्लेभले १७ बुँदे घोषणापत्र जारी गर्दै साझा मुद्दा पहिचान गरी समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय गर्ने, गलत सूचना र दुष्प्रचारबाट मिडियालाई जोगाउने, दुवै देशका नागरिकका वास्तविक समस्याको फिल्ड रिपोर्टिङ गर्ने र द्वन्द्व उत्पन्न गर्न सक्ने खालका समाचारबाट परहेज गर्ने प्रतिबद्धता जनाएको छ।

सम्मेलनमा नेपालका विभिन्न जिलाबाट ४० र भारतका विभिन्न प्रान्तबाट ५० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व राजदूत विजयकान्त कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल पत्रकार महासंघ पर्साका आध्यक्ष ओम प्रकाश खनाल ,वरिष्ठ पत्रकार हस्त बहादुर गुरुङ, मिडिया फर बोर्डर हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारी लगायत उपस्थित थिए ।

Related posts

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

हिन्दू स्वयंसेवक संघको गुरुदक्षिणा सभारोह सम्पन्न

hamronepaldainik

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik