HamroNepalDainik.com
समाचारस्थानिय

राष्ट्रिय चिकित्सक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

पर्सा २० फागुन । राष्ट्रिय चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ नारायणी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघकै सभाहलमा आयोजित कार्यक्रममा १ महिलासहित २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कार्यक्रममा प्रतिभा कार्की, डा. निजर कुमार सिँह, डा.उदय नारायण सिंह , डा.दिपक चौरसिया ,डा. हरिचन्द्र यादव, डा. चिरञ्जीवी चौरसिया, डा. मनबोध कुमार साह, डा. रबीन्द्र चौरसिया, महमद कैश हुसेन, शेखर चौधरी लगायतले रक्तदान गरेका छन् ।

रक्त संचार केन्द्र वीरगञ्जमा रगत अभाव रहेको र रगत नहुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफुहरुले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष अरूण कुमार सिंहले बताए । कार्यक्रममा ब्लड बैंक वीरगञ्जले प्राविधिक सहयोग गरेको थियो ।

संघकाे नारायणी शाखाका पुर्व सचिव श्यामसुन्दर दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष अरूण कुमार सिंह विशिष्ट अतिथि डा. गाेपाल प्रसाद गजुरेल, डा. अमर नाथ ठाकुर , डा. अरूण कुमार झा , डा.रामअवतार प्रसाद खेतान , डा.रणबिर सिंह , डा.रवीन्द्र प्रसाद सिंह, डा. सुशील चाैधरी, ब्लड बैंक वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Related posts

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

hamronepaldainik

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

hamronepaldainik

वीरगंज नगर सभागृहका संचालक राजनीतिक आडमा समझदारी पत्रको उलंघन गर्दै

hamronepaldainik
HamroNepalDainik