HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

२१ असोज, वीरगञ्ज । वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ l

घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । तर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । शव गाड्न लागेको बेलामा गएर ल्याएका छौं’ उनले भने ‘शव पोष्टमार्टमका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ ।’

परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।

Related posts

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण

hamronepaldainik

यातायात कार्यालय बारामा भ्रष्टाचार, छानविन गरि कारवाही गर्न अखिल (क्रान्तिकारी)काे माग

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik
HamroNepalDainik