HamroNepalDainik.com
समाचार

कानुन व्यवसायीले सर्वोच्च अदालतमा प्रदर्शन नगर्ने

१ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित गरेको छ ।

आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको हो । बारले अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने भएको छ ।

बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा विकृति, विसंगति फैलाएकाले आफूहरुले बाध्य भएर सर्वोच्च अदालतमै नारावाजी र प्रदर्शन गर्नुपरेको बताइन् ।

‘अब हामी सर्वोच्च अदालतमा नाराबाजी र प्रदर्शन गर्दैनौं’ बस्यालले भनिन्, ‘महाअभियोगलाई पारित गराउन दबाव दिनका लागि बार परिसरमै कार्यक्रम हुन्छ, बारको मागलाई अब वैचारिक रुपमा समेत अघि बढाउछौं ।

बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले अब नेपाल बार एशोसिएसनका एजेण्डाहरुलाई वैचारिक रुपमा अघि बढाउने बताए । बारले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नतामाथि प्रश्न उठाएको छ भने न्यायपरिषदको पुनर्संरचनाको माग गरेको छ ।

कतिपय विषय संविधान संशोधनसँग समेत सम्बन्धित भएकाले राजनीतिक दल र सांसदहरुसँग बारको मागका बारेमा छलफल गर्ने महासचिव पौडेलले बताए । साभार online khabar

Related posts

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

hamronepaldainik

चोरी घटनाको चौबिस घन्टा नबितिदै चोर बारा प्रहरीको नियन्त्रणमा

hamronepaldainik

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

hamronepaldainik
HamroNepalDainik