HamroNepalDainik.com
समाचार

लागु औषध सहित एक जना पक्राउ

वीरगञ्ज पर्सा,

वीरगंजबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले धोबीनी गाउँपालिकाकाे वडा नं. २  आशवारी बस्ने वर्ष १९ को पृथ्वी सिंह कुर्मीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले आईतबार वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ अलपाईन स्कुल स्थित शंकाष्पदरूपमा पैदल हिंडिरहेका कुर्मीले बोकेको चामलको बोरा चेकजाँच गर्दा  लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उनकाे साथबाट लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेको छ ।

उक्त लागु औषधसहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 

Related posts

होटल व्यवस्थापन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न।

hamronepaldainik

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik