HamroNepalDainik.com
समाचार

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कारका लागि छनौट भएको नाम बदर गर्न संगठनको माग

बीरगन्ज,२० पुस
स्व. गोपाल गिरीको स्मृतिमा स्थापना भएको गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार वितरणका लागि छनौट भएको नाम प्रति बिमती जनाउँदै पर्साका चार पत्रकार सम्बद संगठनले निर्णय बदरको माग गरेको छ ।
प्रेस युनियन पर्सा,प्रेस सेण्टर पर्सा,समाजवादी प्रेस संगठन पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघले गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ । पत्रकार महासंघको कार्य समितिमा रहेका सदस्यहरुले बिरोध गरि रहदा समेत बहुमतको दम्भ देखाएर महासंघ जस्तो साझा संस्थालाई प्रेस चौतारीकरण गर्न खाजेको तथा महासंघले निर्माण गरेको बिभिन्न समिति तथा उपसमितिहरुमा समेत अल्पमतमा रहेका पत्रकारहरुलाई पाका लगाउँदै पर्सेली पत्रकारहरुको मानमर्दन गर्न खाजेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन बिज्ञप्ती मार्फत चार संगठनले जोडदार माग गरेको छ । त्यसै गरी पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।
प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी,प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम,समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रि दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान द्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ पर्साले बिधि पद्धती नअपनाए तथा मागहरु प्रति बेवास्ता गरे कडा प्रतिवादमा उत्रिन चेतावनी समेत दिएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले २०७७ र २०७८ सालको स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कारको लागि प्रेस चौतारीका प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

Related posts

मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा ३ पत्रकार संगठनकाे विराेध

hamronepaldainik

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

hamronepaldainik

पार्टीका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार जयसवाल नै सक्षम रहेकोले उनको जित निश्चित

hamronepaldainik
HamroNepalDainik