HamroNepalDainik.com
राजनीतिसमाचार

युवा नेता धिरज गुप्ता द्वारा कांग्रेस को केन्द्रीय सदस्य मा निर्बाचित चौरसियालाई शुभकामना

पवन प्रसाद साह वीरगंज/

नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी खुलातर्फ अजय चौरसियाले सबैभन्दा धेरै मत पाएर अग्रता लिएका थिए । मधेशीमा ५ जना केन्द्रीय सदस्यका लागि नेताहरूका बीच प्रतिस्पर्धा भएका थिए ।

मंगलबार बिहान सानेपामा जारी मतगणनामा ४६६७ मतगणना भएको थियो । पछिल्लो पटक प्राप्त नतिजाअनुसार चौरसियाले २५२२ मत पाएका छन् । अजयले गगनकुमार थापाले महामन्त्रीमा भोट पाएकै शैलीमा मत पाएका छन् । सोही अवसरमा नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ता ले नेपाली कांग्रेस को केन्द्रीय सदस्य मधेसी खुलातर्फ अजय चौरसिया ले निर्वाचित भएको उपलक्ष्यमा युवा नेता धिरज गुप्ता शुभकामना का साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यूवाहरू बिच अजय चौरसिया केन्द्रीय सदस्यमा अत्यघिक मतका साथ तेस्रोपटक निर्वाचित भएका हुन्। नेपाली कांग्रेसको प्रदेश न.२ भरिमा एक प्रभावशाली एक प्रभावशाली नेताको रुपमा रहेका पुर्व मन्त्री अजय चौरसिया तेस्रोपटक केन्द्रीय कार्यसमितिमा लोकप्रिय मत सहित निर्वाचित भएको नेता धिरज गुप्ता हार्दिक बघाई तथा शुभकामना ब्यक्त गरेका छन।

पार्टीको १४ औँ महाधिवेशनबाट नेता अजय चौरसिया ले २५२२ मतका साथ पहिलो स्थानमा निर्वाचित भएका छन्।नेपाली काङ्ग्रेसका युवा पुस्ताका नेता ,बैचारिक नेतृत्वदायी ,युवा रुपान्तरणका संवाहक देखि नै राजनितिमा होमिएर पर्सा जिल्लामा नै लोकप्रिय नेताको रुपमा रहेका छन।

प्रधानमन्त्री देउवाका विश्वास पात्र समेत रहेका छन।नेपाली कांग्रेसको अधिबेशनमा पर्सा जिल्लामा उनले एकलै हरेक निर्वाचन क्षेत्रमा बहुमतका साथ आफ्नो प्रतिनिधिलाई बिजय गराउन सफल समेत भएका छन।

नेपाली कांग्रेसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका चौरसिया लाई नेपालि काङ्ग्रेसका नेता धिरज गुप्ताले बधाई तथा सुभकामना ज्ञापन गरेका छन । पूर्व मन्त्रि समेत रहेका चौरसिया प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मिनिएका हुन र उहा एउटा युवा पिढीको लागी उर्जाको श्रोत रहेको नेता गुप्ताले बताए ।

Related posts

ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

hamronepaldainik

सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा नीजी क्षेत्रको सहकार्य बढनु सकारात्मक ः उपराष्ट्रपति यादव

hamronepaldainik

सर्वोच्चमा कानून व्यवसायीको धर्ना

hamronepaldainik
HamroNepalDainik