HamroNepalDainik.com
समाचारस्थानिय

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

वीरगंज । प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएकाे कस्मेटिक सामानसहित पिकअप नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले बिआर ०५ जिबि २१६६ नम्बरकाे पिकअप र चालक भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिएकाे हाे ।
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भई खटिएको टोलीले कार्तिक ६ गते शनिबार सांझ ५:४५ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.७ स्थित रेल्वे सडकखण्डमा पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको प्रहरीले जनाएकाे छ ।
उक्त पिकअपमा रहेकाे सामानहरुकाे रू दश लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायत्ब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related posts

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

hamronepaldainik
HamroNepalDainik