HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

वीरगञ्ज ६ असोज । पाकिस्तानका दुई संदिग्ध व्यक्ति पक्राउ परेपछि भारत, रक्सौलमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ  ।

बिहारमा आतङ्कवादी हमला हुने भन्दै समस्तीपुर, दरभङ्गा, सीतामढी, सुपौल, मोतिहारी, बेतिया, मुजफ्फरपुर, खगडिया, मधुबनी, बेगुसराय, सहरसा, मधेपुरा, पूर्णियालगायतका स्थानमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

आतङ्कवादी हमला हुने भन्दै रेलवे सुरक्षा बलका मण्डल सुरक्षा आयुक्तले बिहार सुबेको १३ जिल्लाका एसपी र रेल पुलिसलाई सतर्क हुन आदेश दिए । यस क्रममा प्रहरीले रेलका यात्रीहरूको चेकजाँचलाई तीब्रता दिएको छ ।दिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।

Related posts

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

hamronepaldainik

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

hamronepaldainik

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

hamronepaldainik
HamroNepalDainik