HamroNepalDainik.com
समाचारस्थानिय

भारतीय नोट सहित एक जना मानिस पक्राउ

मिति २०७८।०५।२९ गते १७:०० बजे जिल्ला प्रहरी कार्यालय पर्सा मार्फत चौकी ईनर्वा  वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकललाई रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ को अजय कुमार शर्माले पछाडि भिरेको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-२९६ थान रु.१०० को नोट-५ थान गरी जम्मा रु.१,४८,५००।– ( एक लाख अड्चालीस हजार पाँच सय ) फेला पारी उक्त रकम बरामद गरी उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik

वीरगंज – १९को सार्वजनिक जग्गामा गरिएको घेराबारमा तोडफोड : वृक्षारोपण अभियानमा अवरोध गर्ने प्रयास

hamronepaldainik

वीरगंजमा हैजा नियन्त्रणका लागि होटल र मासु पसलहरूको अनुगमन

hamronepaldainik
HamroNepalDainik