HamroNepalDainik.com
समाचार

वीरगंजमा हैजा नियन्त्रणका लागि होटल र मासु पसलहरूको अनुगमन

वीरगंज — हैजाको जोखिम बढिरहेका बेला वीरगंज महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन थालेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो ।

अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षण गरिएको थियो । टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो । सिंहले हैजा फैलन रोक्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।

“होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका संक्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ,” सिंहले भन्नुभयो, “यसलाई अब दैनिक कार्यको रूपमा अघि बढाइन्छ ।”

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई पनि सक्रिय पारेको छ । स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

Related posts

अर्थ समितिमा भन्सार ‘एजेन्ट’का प्रतिनिधिसँग छलफल

hamronepaldainik

भरतपुरमा बोराभित्र दुईवटा शव भेटियो

hamronepaldainik

प्रभु कुशवाहा मृत्यू प्रकरण : बारा प्रहरी र जिल्ला न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध प्रदर्शन

hamronepaldainik
HamroNepalDainik