HamroNepalDainik.com
समाचार

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

२७ जेठ, काठमाडौं । राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् ।

लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उनले बताए ।

सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने उनको भनाइ थियो । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।

‘भन्सारमा कसरी अबैध काम भइरहेको छ ? गैर–व्यवसायिक काममा को–को संलग्न छन् ? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन् ?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भने, ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस् ।’

जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी लामिछानेले दिए । अनलाईन खबर

Related posts

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

hamronepaldainik

वीरगञ्ज बाट लागुऔषध सहित एक जना पक्राउ

hamronepaldainik

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ

hamronepaldainik
HamroNepalDainik