HamroNepalDainik.com
राजनीतिसमाचार

पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादव ले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी र बैरिया टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।

घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” उहाँले भन्नुभयो।

कार्यक्रममा एमालेका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको जित सुनिश्चित गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए।

घरदैलो अभियानका क्रममा टोलीले घरघर पुगेर मतदाताका गुनासा, सुझाव तथा अपेक्षा सुन्दै विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ। स्थानीय बासिन्दाले पनि विकासमुखी एजेन्डा ल्याए समर्थन गर्ने प्रतिक्रिया दिएका थिए।

एमाले पर्सा–२ का अनुसार घरदैलो कार्यक्रम आगामी दिनमा अन्य वडा तथा टोलहरूमा समेत निरन्तर सञ्चालन गरिनेछ।

Related posts

प्रदेश न. २ का सरकारले बेटी बचाऊ बेटी पढाउको नाउमा भ्रष्टाचार गरेको अख्तियारको आरोप

hamronepaldainik

बिभिन्न लागु औषध सहित ४ जना मानिसहरू नियन्त्रणमा

hamronepaldainik

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : मानव अधिकार आयोग

hamronepaldainik
HamroNepalDainik