HamroNepalDainik.com
राष्ट्रियसमाचारसमाज

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : मानव अधिकार आयोग

२६ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरी मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको निशुल्क उपचार गराउन र वास्तविक घरवारविहीनलाई बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिन संयमता अपनाउन र वार्तामार्फत विवाद समाधन गर्न पनि आग्रह गरिएको छ ।

सोमबार बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने सुकुम्बासी र प्रहरीतर्फ गरी ६० भन्दा धेरै घाइते भएका थिए ।

आयोगले उक्त घटनाले आफैंले पनि अनुसन्धान शुरु गरेको जनाएको छ ।

Related posts

दशैँ नबित्दै गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

hamronepaldainik

प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

hamronepaldainik

इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

hamronepaldainik
HamroNepalDainik