HamroNepalDainik.com
राजनीतिसमाचार

पर्सागढी–३ झावराहामा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान

वीरगंज २२ माघ ।
नेकपा एमाले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदाताहरु सँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएकी हुन् । साथै उनले नेकपा एमालेको नीति, कार्यक्रम तथा आगामी दिनमा जनताको हितमा गरिने योजनाबारे स्पष्ट पारेकी थिईन ।
स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत समस्याहरू उठाएका थिए । ती समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार यादवले विकास र सुशासन आफ्नो प्राथमिकता हुने बताईन ।
स्थानीय मतदाताहरूले जेनजी आन्दोलनको मर्मअनुसार एमालेले शिक्षित, सक्षम र नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रमका क्रममा केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने घोषणा गर्दै नयाँ सोच र ऊर्जा बोकेकी जेनजी उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रम मार्फत जनता सँग नजिकिने अवसर मिलेको भन्दै पार्टीले यसलाई प्रभावकारी अभियानका रूपमा लिएको जनाएको छ ।

Related posts

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

hamronepaldainik

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik
HamroNepalDainik