HamroNepalDainik.com
समाचारस्थानिय

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

२४  कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा पनि रिट दायर भएको छ ।

पर्सा जिल्ला सखुवा प्रसौनी – ६ लखनपुर निवासी कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार रिट दायर गरेका हुन् । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।

नेपालको संविधानको धारा १३३ बमोजिम  उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार  पुनः सरकार गठनको  प्रक्रिया अघि बढाउन उनले आहवानको माग गरेका छन् ।

उनले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

Related posts

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न

hamronepaldainik

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

hamronepaldainik

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik