HamroNepalDainik.com
प्रदेशसमाचारस्थानिय

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज पर्सा ,। कार्तिक ७ गते

खानेपानी तथा ढल व्यवस्थापन आयाेजना कार्यालय, जनकपुरका प्रमुख ई‍. राजेश कुशवाहामाथी भएकाे अमानवीय ब्यवहारकाे विरुद्धमा आइतबार वीरगंजमा इन्जिनियरहरुले प्रदर्शन गरेका छन् ।

इन्जिनियरहरुले वीरगंजकाे घण्टाघरमा जम्मा भई दाेषीलाई कारवाही गर, पिडितलाई न्याय देउ, सिके राउत मुर्दाबाद, सिके चाेर देश छाेड लगायतकाे नारा लगाउँदै नगर परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

जनकपुरमा सिके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताहरुद्वारा इन्जिनियर कुशवाहामाथी भएकाे अमानविय ब्यवहारकाे विरुद्धमा प्रदर्शन गरिएकाे नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका अध्यक्ष ई. बन्टी चाैरसियाले वताए । उनले अमानविय ब्यवहार गर्ने दाेषीमाथी कारवाही गर्न माग समेत गरे ।

नेपाल इन्जिनियर्स एशाेसिएसन वीरगंजकाे आयाेजनामा भएकाे प्रदर्शन वीरगंजकाे घण्टाघरबाट सुरु भई महाईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघरमा पुगी सम्पन्न भएकाे इन्जिनियर रबि भुषण पटेलले जानकारी दिए ।

प्रदर्शनमा इन्जिनियरहरुले हाथमा कालाे पट्टी बाँधेर सहभागि भएका थिए ।

Related posts

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

hamronepaldainik

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik

पम्पम बिलडिङको गोदाममा पर्सा प्रहरीको छापा : करोडौंको भन्सार छलीका कपडा बरामद

hamronepaldainik
HamroNepalDainik