HamroNepalDainik.com
समाचार

पत्रकारमाथि दुव्र्यवहार गर्ने अधिकृत प्रहरीको नियन्त्रणमा

२३ असार,वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा आएको छ ।

हिजो पत्रकारहरुलाई दुब्र्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी पत्रकारले जनाएका छन् ।

हिजो दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले कार्यक्रमस्थलमा आएर दुव्र्यवहार गरेको पत्रकारहरुको भनाई छ । पत्रकार सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ । अधिकृत ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखादेखि प्रदेश र केन्द्रसम्मले घटनाको विषयमा गम्भीर चासो देखाएको छ ।

पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Related posts

श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा ४ महिलासहित ४८ जनाले गरे रक्तदान

hamronepaldainik

पर्सामा अनियमति लोडसेडीगं विरुद्ध युवा नेताहरु द्वरा प्रदर्शन

hamronepaldainik

चलचित्र हलको परिसर भित्र (MRP) भन्दा बढी मूल्यमा पानी तथा खानेकुरा बिक्री गर्न नपाइने

hamronepaldainik
HamroNepalDainik