HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंजमा एक युवाको अपहरण, नाबालकसहित चार जना पक्राउ

१८ वैशाख, बिरगंज।

बारा कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधीरप्रसाद साहको अपहरण परेका हुन् ।  मंगलबार उनलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्‍ज महानगरपालिका–१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।

सुधीरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related posts

बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन चिकित्सक र स्वास्थ्यकर्मीलाई मेयर सिंहको सुझाव

hamronepaldainik

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

hamronepaldainik

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : मानव अधिकार आयोग

hamronepaldainik
HamroNepalDainik