HamroNepalDainik.com
समाचार

बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन चिकित्सक र स्वास्थ्यकर्मीलाई मेयर सिंहको सुझाव

वीरगंज,१३ असाेज:
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालकाे स्थापनााकाे १३१ वर्ष पुरा भएकाे उपलक्ष्यमा शनिबार आयाेजित प्रथम वार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने,`आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्राेन र ड्रेस लगाएर चिटिक्क बनेर आउनु भएकाे छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरुकाे व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएकाे छ । त्यसरी नै बिरामीको उपचार गर्दा   र सेवा दिदाँ तपाईहरुकाे व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री हाेस् भन्ने चाहन्छु ।’

मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेकाे ५ सय शैयाकाे भवनकाे विषयमा  अदालतमा विचाराधीन  मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री माेहन बहादुर बस्नेतसंग आग्रह गरे ।

उनले नारायणी अस्पतालमै मृगाैला प्रत्याराेपण( किड्नी ट्रान्सप्लाण्ट) सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुराेध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगन्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।

उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकाेपनि बताए ।

कार्यक्रममा अस्पताललाई सहयाेग गरेको भन्दै मेयर सिंहलाई दाेसल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियाे ।

अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहकाे अध्यक्षता तथा स्वास्थ्यमन्त्री मोहन बहादुर  बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मधेसका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चाैरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल लगायतकाे सहभागीता थियाे ।

Related posts

परवानीपुर गाउँपालिकाले ल्यायो ३५ करोड ७७ लाख ४४ हजारको बजेट

hamronepaldainik

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

hamronepaldainik

एसइईको नतिजा आज साँझ सार्वजनिक गरिने

hamronepaldainik
HamroNepalDainik