HamroNepalDainik.com
समाचार

वीरगञ्जमा जसपाको घरदैलो अभियान, छाता छापमा मतदान गर्न आग्रह

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका–आदर्शनगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।

घरदैलो अभियानका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार टेमानी (अग्रवाल) ले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए। उनले आगामी निर्वाचनमा छाता छापमा मतदान गर्न आग्रह गर्दै सो चुनाव चिन्हलाई सङ्घीयता, समावेशिता, सुशासन र समृद्धिको प्रतीकका रूपमा प्रस्तुत गरे।

टेमानीले भने, “हामीले मधेसको विकास र जनताको सेवा गर्नका लागि छाता छापलाई चुनावी चिन्ह बनाएका छौँ। यो छापले मात्रै तपाईँहरूको आवाजलाई सङ्घीय संसद्मा प्रभावकारी रूपमा पुर्‍याउन सक्छ।”

उनले विशेषगरी औद्योगिक विकास, रोजगारी सृजना, पूर्वाधार विस्तार र स्थानीय समस्याको दीर्घकालीन समाधानलाई आफ्नो प्राथमिकता रहेको बताए। मधेसका मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातासँग समर्थनको अपिल गरेका थिए।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै जसपाले विभिन्न वडामा प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने जनाएको छ।

Related posts

अनेरास्ववियु पर्साको जिल्ला सचिवमा पवन यादव चयन

hamronepaldainik

बर्दियामा गोली लागेर एकको मृत्यु

hamronepaldainik

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik
HamroNepalDainik