HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा प्रहरीद्वारा असाेज महिनाको प्रगति

३१ असोज,वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालयहरूले गत एक महिनामा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जनसचेतनामूलक कार्यक्रमहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । पर्सा प्रहरी प्रमुखमा नयाँ प्रहरी उपरिक्षक सुदिप राज पाठक आएपछि असाेज महिनामा प्रहरीले अपराध नियन्त्रण र जनसेवामा उल्लेखनीय उपलब्धि हासिल गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयले महिनाकाे अन्तिम दिन असाेज ३१ गते शुक्रबार एक महिना प्रतिवेदन सार्वजनि गरेकाे छ । सो अवधिमा प्राप्त निवेदन संख्या १०५ रहेको छ भने ८७ निवेदन फछ्यौट भएका छन् । हराएका ४३ जना व्यक्तिहरूमध्ये १२ जना फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतका अनुसार एक महिनाकाे अवधिमा ट्राफिक व्यवस्थामा १०९२ सवारी साधनहरूलाई कारवाही गरिएको छ र राजस्व १२ लाख ९३ हजार ५ सय रुपैया संकलन भएको छ। यस अवधिमा ७२ सवारी दुर्घटना भएका छन् जसमा ६ जनाको मृत्यु र ९४ जना घाइते भएका छन् ।

भन्सार चोरी निकासीका सामानहरू रु. ६ करोड ८७ लाख ६२ हजार ३२१ मूल्यका बरामद गरिएको छ । फरार रहेका ७ जनालाई नियन्त्रणमा लिइएको छ । मादक पदार्थ नियन्त्रण अन्तर्गत ४३ के.जी. ९०० ग्राम गाँजा, ११ के.जी. चरेश र ३१ ग्राम ८८० मि.ग्राम खैरो हिरोईन बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयबाट सञ्चालन गरिएका १८९ सचेतनामूलक कार्यक्रममा ११,३४२ जनाले सहभागिता जनाएका छन्।

प्रहरी नायब उपरीक्षक बस्नेतले यस्तो उपलब्धिले प्रहरी कार्यलाई अझ प्रभावकारी बनाउने र जनतालाई सुरक्षित वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Related posts

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

hamronepaldainik

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

hamronepaldainik

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik
HamroNepalDainik