HamroNepalDainik.com
समाचारस्थानिय

पटेर्वा सुगौलीको १३औं गाउँसभा सम्पन्न,४१ करोड १४ लाखको बजेट प्रस्तुत

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

सोमबार पटेर्वा सुगौली गाउँपालिका–४ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न १३औं गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले आगामी वर्षको अनुमानित आय–व्यय विवरणसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले ल्याएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, उद्यमशीलता लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार “एक गाउँ एक उद्यम कार्यक्रम” सञ्चालन गरिने, सामुदायिक विद्यालयहरूमा “खेल्दै सिक्दै कार्यक्रम” लागू गरिने, आधारभूत अस्पतालको सेवा गुणस्तरीय बनाइने र कृषि सिंचाइका लागि पोल तार तथा ट्रान्सफर्मरको व्यवस्था गरिने उल्लेख छ।

त्यसैगरी, पशु बीमालाई निरन्तरता दिने, अर्गानिक कृषि प्रवर्द्धन गर्ने, कृषि उपजको बजारीकरण गर्ने तथा मुख्य सडकहरू कालोपत्रे गरिने जस्ता योजना पनि बजेटमा समावेश छन्।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पाँचै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्तथानीय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Related posts

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik

एपि खबरकाे बार्षिकाेत्समा ५१ जनाद्वारा रक्तदान

hamronepaldainik

सिंगासन कलवार पर्सा–४ “ख”मा निकै कमजोर देखिन थाले

hamronepaldainik
HamroNepalDainik