HamroNepalDainik.com
समाचार

नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा २ महिला सहित ३० जनाले गरे रक्त दान

२९ वैशाख,बिरगंज । नेपाल बीमा प्राधिकरण मधेश  प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

मधेश प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुई जना महिला सहित  ३० जनाले  रक्तदान गरेका छन् भने दृष्टि आँखा अस्पतालका चिकित्सक द्वारा नि:शुल्क आँखा चेक जाच बाट ७०  जना लाभान्वित भएका छन्  । उक्त रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सहभागी भई रक्तदान गर्ने  रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले सम्मान सहितको प्रमाणपत्र वितरण गरेकि थिइन्  ।

प्रमुख देवले उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर,स्थानीय तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिइन् ।

Related posts

पकाहामैनपुर गाऊपालिका का अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

hamronepaldainik

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

hamronepaldainik
HamroNepalDainik