HamroNepalDainik.com
समाचार

भारतमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई समात्न प्रहरीले गोली चलायो, नेपाली घाइते

२३ वैशाख, काठमाडौं । भारतीय प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एउटा गिरोहलाई समात्न गोली चलाएको छ ।

उत्तर प्रदेशको बाराबंकी शहरमा तीन जना अभियुक्तलाई समात्न प्रहरीले गोली चलाएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा प्रहरीले शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा खोजी कार्य थालेको भनिएको छ ।

त्यसक्रममा मोटरसाइकलमा सवार उनीहरुलाई रोक्ने कोशिस गरिएको तर, उल्टै प्रहरीतर्फ गोली चलाएपछि जवाफी कारबाही गर्नु परेको भनिएको छ । पक्राउ पर्नेमा नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा, बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीद छन् ।

प्रहरीको गोली लागेर घाइते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुई भारतीय नागरिकलाई भने केही भएको छैन ।

थापाले भारतमा चोरिएका मोटरसाइकल नेपालमा ल्याएर विक्री गर्ने गरेको भनिएको छ । यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० रुपैयाँ नगद र .३१५ बोरको हतियार र केही गोली बरामद भएको भनिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ । अनलाईन खबर

Related posts

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

hamronepaldainik

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

hamronepaldainik

नेता राजेन्द्र महतो लाई बहुदरमाइमा भब्य स्वागत

hamronepaldainik
HamroNepalDainik