HamroNepalDainik.com
आर्थिकउधोगसमाचारस्थानिय

शक्तिप्लेट दानामा (वालुवा) मिसाएर ठगी

बिरगंज पर्सा ,

निम्बस ग्रुपले उत्पादन गरेको शक्तिप्लेट दानामा वालुवा मिसाएर ठगी गरेको पाईएको छ । ग्रुपको प्रोवायोटेक इण्डष्ट्रिज प्रा.लि.पर्साले उत्पादन गरेकोे दानामा अत्याधिक वालुवा फेला परेकोे हो । मोटो दाना भएकोे ३५ केजीको बोरामा चारकिलोग्राम बढी बालुवा फेला परेको किसानहरुले बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाकी पशुपालक किसान मेनुका अधिकारीले एककिलो दानामा सवासय ग्रामबढी वालुवा भेटिएको बताउनु भयो ।

दानामा फेला परेको वालुवा देखाउँदै अधिकारीले किसान ठग्न कम्पनीले दानामा बालुवा मिसाएको हुनसक्ने बताउनु भयो । केहीदिन अघिबाट बेलुका दाना भिजाउने र विहान गाईलाई खुवाउने क्रममा बालुवा फेला परेपछि तनावमा परेको वहाँले बताउनु भयो । दानामा अत्यधिक बालुवा पाईएको छ, वहाँले भन्नु भयो ।
यस्तै कलैया उपमहानगरपालिका १६ झिट्कैंयाका किसान राजकिशोर कुश्वाहले निम्बसको शक्ति प्लेट दानामा बालुवा हालेर कम्पनीले किसान ठगी गरिरहेको गुनासो गर्नुभयो । पौष्टिक आहार खुवाएर दुध उत्पादन वृद्धि गर्न महँगोमा दाना किन्ने गरेको तर कम्पनीले बालुवा हालेर पशुको स्वास्थ्यमा खेलवाड गरिरहेको वहाँले बताउनु भयो । यस्तो कम्पनीहरुको उत्पादन बन्द गर्ने र संचालकलाई कार्वाही गर्नु पर्ने वहाँको भनाई छ ।

दुध उत्पादक किसानहरुले दुध बढ्ने लोभमा चर्को मुल्यमा निम्बस ग्रुपको उत्पादन स्थानिय डेरीहरु मार्फत खरिद गर्दै आएका छन् । शक्ती प्लेट दाना करिब ३ बर्ष अघिबाट विक्रि वितरण गर्दै आएको हो । यस अघि पनि यस्तो समस्या आएको र गुनासो गरेपछि सुधार भएको डुमरवाना डेरीका कम्पनी ब्यवस्थापक दिपक घिमिरेले बताउनु भयो । पशु आहारमा दानामा अखाध्य वस्तु मिसाएर विक्रि वितरण गर्नु भनेको ठगी हो, घिमिरेले भन्नु भयो ।

बालुवाको अधिक सेवनले पशु स्वास्थमा गम्भीर समस्या आउने जीतपुरसिमरा उपमहानगरपालिका पशुसेवा विभाग प्रमुख पशु चिकित्सक प्रतित कुमार राईले बताउनु भयो । दानामा बालुवा मिसाएर विक्रि वितरण गरेको पाईए त्यस्तो कम्पनीको उत्पाद विक्रि वितरणमा रोक लगाउनु पर्ने वहाँले बताउनु भयो ।

यता कम्पनीका टेक्नीकल अफिसर निर्मल विष्टले भने दानामा खनिज तत्वका रुपमा २ प्रतिशतका दरले कैल्साईट अर्थात एकप्रकारको ढुँगाको धुलो मिसाउने गरिएपनि ठगि गर्ने उदेश्यले बालुवा नहालिएको बताए । onlinebirgunj

Related posts

विन्दवासिनी गा.पा.–१ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

hamronepaldainik

छिपहरमाई गाउँपालिकाको १६ औं गाउँ सभा : ३३ करोड ७२ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik