बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा सहित फेयरवेल कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा आज अपरान्ह १२ बजे उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
गोल्डेन फ्युचरका डाईरेक्टर तथा ठाकुर राम बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस पमुख डा.उमेश चौरसियाको सभापतित्व तथा प्रोफेसर रामनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा अरु शैक्षिक वर्गका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी तथा सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो । एसईई का लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले फेयरवेल गरेका थिए ।

कार्यक्रमा बोल्दै गोल्डेन फ्युचरका डाईरेक्टर चौरसियाले आउँदो एसईईका विद्यार्थीहरुलाई शुभकामना दिदै भने अब क्षेत्रफल निकालेर मात्र हुदैन कम्तिमा आफनो घर जग्गाको धुर कान्वा निकाल्ने सिकाउदै छौं । उज्ज्वल भविष्यको शुभकामना दिँदै कुनैपनि प्रश्नहरु नछोडी उत्तर दिनुनै बुद्धिमानी हुने र सबै शिक्षकहरुले दिएको माया र अभिभावकको स्नेहले विद्यार्थीहरुले पूर्ण अंक पाउने कुरामा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा प्रमुख अतिथी तथा अरु शिक्षहरुले पनि विद्यार्थीहरुलाई प्रशस्त शुभकामना लगायत आगामी दिनको उज्ज्वल भविष्यको शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा पनि प्रस्तुति गरेका थिए । जसमा नाचगान तथा नृत्यको जोडदार प्रस्तुतीले हल गुञ्जयमान बनेको थियो । भने कार्यक्रमको सहजीकरण शिक्षक अरुण यादवले गरेका थिए
