HamroNepalDainik.com
समाचारस्थानिय

सिडियाे अर्यालयकाे पहलमा बाल सुधार गृहलाई विभिन्न सामग्री सहयोग

२३ वैशाख, वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी  गणेश अर्यालकाे पहलमा विभिन्न  संघसंस्था हरुले वीरगंज स्थित बाल सुधार गृहमा विभिन्न किसिमका सामग्रीहरु सहयाेग गरेका छन् ।

बाल सुधार गृहमा अभाव रहेकाे पंखा लगायतका विभिन्न किसिमका सामग्रीहरु मंगलबार सुधार गृहलाई हस्तान्तरण गरिएकाे हाे । लायन्स क्लबले उपलब्ध गराएकाे १८ थान पंखा मंगलबार एक कार्यक्रमका बिच बाल सुधार गृहलाई सिडिओ अर्यालले हस्तान्तरण गरेका हुन् ।

सिडिओ अर्याल कै पहलमा  प्याब्सन र एन प्याब्सनले बाल सुधार गृहका लागि विभिन्न किसिमका किताबहरु सहयाेग गरेका छन् ।यसैगरी  वीरगंज महानगरपालिका द्वरा  सिसि टिभि जडान गरेकाे छ । भने  रुङगटा वेयल फेयर साेसाइटीले खानेपानी टंयाकी जडान गरेकाे छ ।

सिनियर लायन्स पशुपति बिक्रम साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिडिओ अर्यालले पंखा र किताब बाल सुधार गृह वीरगंजका प्रमुख टीका राम काफ्लेलाई हस्तान्तरण गरे । यसका साथै बाल सुधार गृहमा जडान भएकाे खानेपानी टयांकीकाे उद्घाटन समेत गरेका थिए  ।

साे अवसरमा वाेल्दै सिडिओ अर्यालले सुधार गृहमा आवश्यक रहेकाे वभिन्न किसिमका सामग्री विभिन्न दातृ निकायकाे सहयाेगमा उपलब्ध गराइएकाे वताए । उनले सहयाेग गर्ने दातृ निकायलाई धन्यावाद दिदै अबदेखि विभिन्न चाँड पर्वहरु पनि वाल सुधार गृहमा मनाउन सहयाेग गरिदिनुहुन सबैमा अह्वान गरे ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण, शिक्षा विकास तथा ईकाइ कार्यालय पर्साका प्रमुख हरि राउत, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत दिपक कुमार पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

hamronepaldainik

महिलाको हत्या काण्डमा तिन जना पक्राऊ

hamronepaldainik

सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई सम्पन्न

hamronepaldainik
HamroNepalDainik