HamroNepalDainik.com
समाचारस्थानिय

युवा संघ नेपाल पर्सा तदर्थ समिति गठन, संयोजकमा श्रीवास्तव

वीरगंज ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादी पर्साले शनिवार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
महासंघ समाजवादीको चैत १८ र १९ गते काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट पर्साबाट केन्द्रिय उपाध्यक्षमा आकाश पटेल र केन्द्रिय सदस्यमा विशेश्वर पटेल निर्वाचित भएका थिए ।
वहाँहरुकै सम्मानमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु गंगाबहादुर खडका, भोला महतो थारु, अनिल पटेल, मदन पटेल, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, राघव साह लगायतकाले निर्वाचित आकाश पटेल र विशेश्वर पटेललाई अबिरको टिका लगाई खादा ओढाई सम्मान गरेका थिए ।
सो कार्यक्रमका अतिथिहरुले नवनिर्वाचितहरुलाई बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
महासंघ समाजवादी पर्साका अध्यक्ष विशेश्वर पटेलको अध्यक्षमा सम्पन्न सो कार्यक्रमको सहजिकरण जिल्ला सचिव उपेन्द्र पटेलले गरेका थिए । उल्लेखनिय सहभागिता रहेको सोही कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं पर्सा ईन्चार्ज अनिल पटेलले पर्सा जिल्लाको युवा संघ नेपाल तदर्थ समिति गठन भएको घोषणा गरे ।
राज श्रीवास्तव संयोजक र सकलदेव यादव सह–संयोजक रहने गरी पछि १० जना सदस्य थप्ने गरी ४१ सदस्यीय युवा संघ नेपाल पर्सा तदर्थ समिति गठन भएको ईन्चार्ज अनिल पटेलले जानकारी गराए ।
सो कमिटीको सदस्यहरुमा शैलेस श्रेष्ठ, प्रताप पटेल, विकास श्रीवास्तव, राम पटेल, सुशिल गुप्ता, रंजित यादव, अमित पटेल, बजरंगी यादव, अरमान राय, रोशन बर्मा, जयनाथ पटेल, उपेन्द्र पटेल लगायत रहेको संयोजक राज श्रीवास्तवले बताए ।

Related posts

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

hamronepaldainik

इन्धनको मूल्य बढ्यो, अब ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

hamronepaldainik

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

hamronepaldainik
HamroNepalDainik