HamroNepalDainik.com
बैंक/वित्तसमाचारसमाज

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

santosh sah

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् ।

आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन ।

सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो ।

अस्पतालका चिकित्सकहरूका अनुसार समयमै उपचार नपाएको भए ठूलो क्षति हुन सक्थ्यो । अहिले तिनै घाइतेहरूको स्वाथ्य अवस्थामा सुधार छ ।

साहको यो साहसिक कार्य समाजका लागि प्रेरणादायी बनेको छ । स्थानीयहरू, अस्पतालका कर्मचारीहरू, र सहकर्मीहरूले उनको निःस्वार्थ भावनाको खुलेर प्रशंसा गरेका छन्।

नबिल बैंक : सामाजिक उत्तरदायित्वको प्रेरणास्तम्भ

सन्तोष साहको परोपकारी कार्य नबिल बैंकको नैतिक शिक्षाको प्रतिफल पनि हो। नबिल बैंकले कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतासँगै पेशागत दक्षता प्रदान गर्ने नीति लिएको छ, जसको प्रत्यक्ष उदाहरण उनले प्रस्तुत गरेका छन्।

संकटको घडीमा सहयोगी बन्न सकियो भने जीवन बदल्न सकिन्छ भन्ने सन्देश दिँदै, सन्तोष साह समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

Related posts

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik

प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल सुरु हुने

hamronepaldainik

नमुना मतपत्र र स्वस्तिक छापसहित जालिम मियाँका छोरा पक्राउ

hamronepaldainik
HamroNepalDainik