HamroNepalDainik.com
समाचार

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

वीरगंज पर्सा, १८ साउन

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । वीरगंज स्थित नगर सभा गृहमा आयोजित अधिवेशनबाट मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्षमा हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, रामेश्वर चौरसिया, संतोष साह, दिपक कुशवाहा, जय यादव, रन्जित चौरसिया, श्रीराम रौनियार, राकेश जयसवाल, श्याम पासवान, दिपेन्द्र गिरी, श्याम सर्राफ, अनुप यादव लगायत निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहने गरि थपमा संजय साह, नरेश सर्राफ, संतोष साह, आशमहमद मियाँ र दिपक चौरसियालाई पनि निर्विरोध चयन गरेको छ । त्यसैगरि अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनोज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चौरसियालाई पनि निर्विरोध चयन गरेको छ ।अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं नेकपा ‘एकीकृत समाजवादी’ का सचिव नागेन्द्र चौधरीले पर्सेली पत्रकारहरुको क्षमता वृद्धि जरुरी रहेको वताए । उनले काठमाडौंको मिडिया हाउसहरु विकास गरेपनि वीरगंजको मिडिया हाउसहरु त्यसको तुलनामा विकास गर्न नसकेकोमा दुखेसो पोखे । सचिव चौधरीले पत्रकारहरुलाई हुँदै नभएको समाचार लेखेर कसैको चरित्र हत्या नगर्न पनि आग्रह गरे । उनले तथ्यको अधारमा सत्य समाचार लेखन मात्र आग्रह गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले सञ्चार माध्यम प्रतिको विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गरे ।

उनले पत्रकारलाई विना तथ्य प्रमाणको कसैको चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाए । मन्त्री महतो लोकतन्त्र र समाजवादको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको जिकिर समेत गरे । समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिको यात्रामा रहेको वताए । उनले पत्रकारिता जहिले पनि समाज रुपान्त्रणको लागि हुनु पर्ने वताए ।
संघठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा ‘एकीकृत समाजवादी’ का पोलिट ब्युरो सदस्य एवं पर्सा इन्जार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, वीरगंज पब्लिक कलेजका संचालक डां दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबाष साह, सह–इन्चार्ज राघव साह, मधेश प्रदेशका संयोजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे मगर लगायतको उपस्थिती रहेको थियो ।
संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अजय चौरसियाले गरेका थिए ।

Related posts

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

hamronepaldainik

स्वतन्त्र उम्मेदवार जयसवालले दिए चुनावी कार्यक्रममा तिब्रता

hamronepaldainik

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

hamronepaldainik
HamroNepalDainik