HamroNepalDainik.com
बैंक/वित्तसमाचार

प्राईम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

५ चैत, बिरगंज । प्राईम कमर्सियल  बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरगंज मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

जगरनाथपुर गाउपालिका वडा नं ५ , झाकडा मसिहानी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा सैकड़ो भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको बैंकले जनाएको छ  ।

प्राईम कमर्सियल  बैंक लिमिटेडका मधेश प्रदेश प्रमुख सुर्य प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिरगंज शाखाका शाखा प्रमुख मेघनाथ सोनार,नरेश शर्मा,बैंकका कर्मचारी, शिक्षक लगायतको उपस्थिति रहेको थियो

Related posts

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

hamronepaldainik

भोली देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

महानगरसँग सहमती भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता

hamronepaldainik
HamroNepalDainik