HamroNepalDainik.com
समाचार

दुई किलो अफिमसहित दुईजना पक्राउ

वीरगंज, २१ फागुन । बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको  छ ।
सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले चालक मकवानपुर जिल्ला राक्सिराङ गा.पा.वडा नं. १ बस्ने वर्ष २७ को सुनिल मोक्तान र मोटरसाइकलको पछाडि बस्ने भीमफेदी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को हर्क रूम्बालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराले  जनाएको छ ।

Related posts

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

hamronepaldainik

कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा

hamronepaldainik

आर्थिक मन्दीको कारण वीरगन्ज भन्सारमा थन्किए १२०० सयभन्दा बढी सवारीसाधन

hamronepaldainik
HamroNepalDainik